काठमाडौं, जेठ २७ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । उनले विश्वासको मत दिन प्रदेशसभासमक्ष राखेको प्रस्तावको पक्षमा २७ मत मात्रै प्राप्त भएकाले मुख्यमन्त्री गुरुङ पदमुक्त भएका छन् ।
गुङको विपक्षमा ३० मत खसेको छ । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे ।
नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।
FACEBOOK COMMENTS