काठमाण्डौ, भदौ १४ – नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनमा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सम्पन्न भएको छ । सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १८० भन्दाबढी युवा(युवतीहरु सहभागी रहेका थिए । असल शासन (गुड गर्भनेन्स) विषयमा विशेष कार्यक्षेत्र बनाई सम्मेलन आयोजना भएको छ ।
सम्मेलनको समापन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ रहेकी थिइन् । सो अवसरमा प्रमुख अतिथि गुरुङले युवा विकासको मेरुदण्ड भएको बताईन । युवालाई सक्षम बनाउन क्षमता र सीप सिकाउनुपर्ने बताईन । विदेशबाट फर्किएका र कोभिड १९ का कारण रोजगारी गुमाएकालाई कृषि र पशुपालन लगाएतमा अनुदान दिने योजना अनुसार बजेट समेत छुट्टाईएको उपप्रमुख गुरुङले बताईन ।
सम्मेलनमा नेपाल युवा परिषद गण्डकी प्रदेशले ४ बुदे घोषणापत्र समेत जारी गरेको छ ।
निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषयमा छलफल गरी सम्मेलन सम्पन्न भएको नेपाल युवा परिषद गण्डकीले जनाएको छ ।
प्रदेश युवा सम्मेलन (भदौ १२ र १३ गते)शुक्रबार र शनिबारसम्म भर्चुअल रुपमा संचालन भएको थियो । कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस वर्षको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गरिएको नेपाल युवा परिषद गण्डकीकी संयोजक मोनिका रानाभाटले बताईन ।
सम्मेलनमा १४ जना बहिरा युवाहरु समेत सहभागी भएका थिए ।
सम्मेलनको पहिलो दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा सँग मुख्यमन्त्री कार्यक्रममा बोलेका थिए । सो अवसरमा मुख्यमन्त्री गुरुङले युवा उद्धमशिल बन्नुपर्ने बताए । कुनैपनि लक्ष्य प्राप्तिका लागि निरन्तर धैर्यताका साथ इमान्दार र निस्वार्थ रुपमा लाग्नुपर्ने मुख्यमन्त्री गुरुङले बताए ।
‘म पनि ६ पटक चुनाव लडेको मान्छे हुँ तर २ पटक मात्रै जितेको छु ।’ मुख्यमन्त्री गुरुङले भने ‘मैलेपनि १,२ पटक मै चुनाब लड्न छोडेको भए आज यो स्थानमा हुने थिइन । मुख्यमन्त्रि गुरुङले भने ‘जस्तो सुकै कठिन परिस्थिति आएतापनि आफ्नो लक्ष्य प्राप्तिमा युवा निरन्तर धैर्यताका अघि बढ्नुपर्छ ।’
गण्डकी प्रदेश सरकारले युवालाई सीप सिकाउन बजेट छुटाएको र ५० हजार युवालाई स्वरोजगार बनाउने योजना रहेको मुख्यमन्त्री गुरुङले बताए ।
राजनीतिमा राम्रो मान्छे नआउदा फोहोरी खेल देखिएको मुख्यमन्त्री गुरुङले बताए । ‘अब शिक्षित र विज्ञ युवा जमात राजनीतिमा आउनुपर्छ ।’ मुख्यमन्त्री गुरुङले भने ‘युवा कुनै पेशा, व्यवसाय गरेर मात्रै राजनीतिमा आउनुपर्छ ।’ उनले अगाडि भने ‘ नराम्रो नियतमा मानिसहरु राजनीतिमा आएकाले अहिले राजनीति फोहोर बनेको छ ।’
राजनीतिले आजकाल आपराधीलाई छाहारी दिदाँ पिडीतले न्याय पाउन समेत नसकेको मुख्यमन्त्री गुरुङले बताए ।
त्यस्तै धौलागिरी गाउँपालिकाकी अध्यक्ष थम्सरा पुनले असल शासनमा स्थानिय जनप्रतिनिधिको भूमिका विषयमा बोलेकी थिइन् । सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बाट दिगो पर्यटनबाट रोजगारी सिर्जना विषयमा बताएका थिए ।
यस्तै निर्वाचन आयोग नेपालका उपसचिव कोमल प्रसाद धमलाले असल शासनमा युवाको विषयमा बोलेका थिए ।
सम्मेलनको दोश्रो दिन नेपाल युवा परिषदका संस्थापक केन्द्रिय अध्यक्ष सरोज बानियाँले नेपाल युवा परिषदको यात्रा चिया पसलदेखि नेपालका ७७ वटै जिल्लामा शिर्षकमा बोलेका थिए ।
त्यस्तै सम्मेलनमा लैङ्गिक समानता महिलाको मात्रै विषय होइन भन्ने शिर्षकमा महिला अधिकारकर्मी एवं अधिवक्ता कुन्जनी परियार प्यासी, तेस्रोलिङ्गिको अधिकारीकर्मी भूमिका श्रेष्ठ र गौरी प्रधान लगाएतले छलफल गर्नुभएको थियो । जसको सहजीकरण संचारकर्मी बलराम तिमिल्सिनाले गरेका थिए ।
यस्तै शुशासनमा युवाको भूमिका विषयमा गोगो फाउन्डेसनका कार्यकारी निर्देशक खड्काले बोलेका थिए । त्यस्तै म्याग्दी जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरले असल शासनमा सरकारी कर्मचारीको भूमिकाको विषयमा बोलेकी थिइन् ।
नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने विश्वास आयोजकले लिएको छ ।
केहिसमय अघि मात्रै नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलन २०२० नेपालभरका युवाको भर्चुअल उपस्थितिमा जुम मार्फत सम्पन्न गरिसकेको छ । त्यस्तै केहि प्रदेशमा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ भने केहिमा हुँदैछ ।
FACEBOOK COMMENTS