काठमाडौं, वैशाख २४ – गण्डकीमा थप ४ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार पर्वतका २, कास्की र तनहुँका १/१ संक्रमितको मृत्यु भएको हो । पर्वत जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुष संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको हो ।
उनमा २३ वैशाखमा संक्रमण पुष्टि भएको थियो । पर्वतकै कुष्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुष संक्रमितको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा १३ वैशाखमा कोरोना देखिएको थियो ।
तनुहँ व्यास नगरपालिका १ की ६० वर्षीय महिला संक्रमितको बिहीबार बेलुका निधन भएको हो । उनमा हिजो नै कोरोना देखिएको जनाइएको छ । २२ वैशाखमा कोरोना संक्रमण पुष्टि भएका कास्की पोखरा महानगरपालिका २५ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बेलुका मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।
FACEBOOK COMMENTS