काठमाण्डौं– गरिमा विकास बैंकको खुद नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १६८ प्रतिशतले बृद्धि भएपछि बैंकको प्रतिशेयर आम्दानी दोब्बर बनेको छ ।
गत आर्थिक बर्षको प्रथम त्रैमासमा ६ रुपैयाँ २१ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १८ पैसा पुगेको हो ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गरिमाले नाफा बढाएर ९ करोड १८ लाख रुपैयाँ पुर्यमएको छ । गत वर्षको तुलनामा बैंकको खुद नाफा ५ करोड ७६ लाख रुपैयाँले बृद्धी हो ।
गत वर्ष बैंकको खुद नाफा ३ करोड ४२ लाख रुपैयाँ मात्र थियो । बैंककोे खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा वृद्धि खुद नाफा बढेको हो ।
साढे २६ प्रतिशतले चुक्ता पूँजी बढाएको दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ४६ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । जगेडा कोषमा भने दुई करोड ७ लाखले संकुचन आएको छ ।
असोज मसान्तसम्म बैंकले २२ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेर २० अर्ब ८१ करोड ३३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
तीन महिनाको अवधिमा बैंकले ३० करोड तीन लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष भन्दा बैंकले ११ करोड ५१ लाख रुपैयाँले खुद ब्याज आम्दानी बढाएको हो । गतबर्ष बैंकको खुद ब्याज आम्दानी १८ करोड ५१ लाख रुपैयाँ थियो ।
बैंकमा निष्कृय कर्जा अनुपात १.०२ बाट घटेर ०.८४ प्रतिशतको अनुपातमा झरेको छ । बैंकको नेटवर्थ ११६ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.६६ गुणाले बढी छ ।
FACEBOOK COMMENTS