काठमाडौं – गरिमा विकास बैंक गत आर्थिक वर्षमा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
बैंक गत आवमा कमाएको नाफा २६.३२ प्रतिशतले बढेको छ ।
बैंकले गएको आवमा खुद ब्याज आम्दानीमा सुधार गरेर एक अर्ब ४० करोड पुर्याएको छ । बैंकको संचालन मुनाफा ८५ करोड ६६ लाख रहेको छ ।
असार मसान्तसम्ममा बैंकले २६ अर्ब ७८ करोड निक्षेप संकलन गरेर २८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०।७५ प्रतिशत र सीडी रेसियो ७७।९१ प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ११।०९ प्रतिशत रहेको छ ।
गरिमाको चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS