काठमाडौं, गरिमा विकास बैंकले रू. १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि असार ११ गते बोर्डमा निवेदन दिएको हो । कुल कित्तामध्य रू. ४० करोड बराबरको ४ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र रू. ६० करोड बराबरको ६ लाख कित्ता परिपत्र विधिबाट बैंक आफैले विक्री गर्नेछ ।
सार्वजनिक निष्कासनका लागि छुट्याईएको मध्यबाट पनि सामुहिक लगानीकोषको लागि ५ प्रतिशत सुरक्षित गरिएको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS