मदन तिमल्सेना जेठ १९ -राष्ट्रपति कार्यालयको बारेमा सोमबार केही सञ्चारमाध्यमबाट शितल निवासमा एक करोडको गलैंचा फेर्न लागिएको समाचार बाहिर आएको थियो । गलैंचा फेर्न टेण्डर पारेका हिमालयन डेकोरका प्रवन्ध निर्देशक शोभा गुरुङले जम्मा २७ लाख ५४ हजारको टेण्डर खुलेको जानकारी दिएकी छिन् । ‘राष्ट्रपति कार्यलयको बैठक कोठामा गलैंचा फेर्ने जिम्मेवारी हामीले नै पाएका हौं । सरकारी कार्यालयबाट प्रतिष्पर्धा गरेर तोकिएको रकम अनुसार काम हुन लागेको हो तर कहाँबाट करोडको कुरा आयो आश्चर्य लागेको छ,’ गुरुङले कर्पोरेट खबरसँग भनिन । उक्त सूचनामा नेपाली उनी गलैंचा सप्लाई गर्न क्षेत्रफल सहित करिब २७ लाख ५४ हजारको अनुमानित लागत समेत तोकी प्रतिष्पर्धा गराइएको थियो । ‘विदेशी भन्दा स्तरीय र केही महंगो हुने नेपाली गलैंचा सस्तोमा फेरिन लागेको हो । तर करोड खर्च भनेर सार्वजनिक गर्नु दुखद कुरा हो, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष समेत रहेकी गुरुङले कर्पोरेटखबरसँग भनिन ।
विदेशी मेसिनबाट बनेका र पुराना गलैंचाको साटो हातले बनेका नेपाली गलैंचा फेर्न शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गत वैशाख १२ गते पहिलोपल्ट टेण्डर निकालेको उनले स्पस्ट पारिन । तथ्यभन्दा बाहिर गएर सम्मानित संस्थालाई बेकारको विवादमा ल्याउन खोजेको देखेर अचम्म भएको र यस्तो भ्रमपुर्ण समाचारहरु लेख्दा मिडियाहरुको नै जनताहरु प्रति विश्वास घट्दै जाने उनले बताईन ।
त्यस्तो महत्वपूर्ण ठाउँमा नेपाली मौलिक उत्पादन राख्न, नेपालीपनको झल्को दिन उपर्युक्त हुने ठानी नेपाली गलैंचा राख्न लागिएको शितल निवासका जनसम्पर्क उपसचिव हिरामणी आचार्यले जानकारी दिए । यस्ता उत्पादनलाई नेपालमै प्रयोग गर्दा प्रोत्साहन पनि हुने भन्दै घरेलु महासंघले पहिले देखि नै स्वदेशी गलैंचा प्रयोग गर्न माग राख्दै आएको उनी बताउँछ । सबै रकम पारदर्शी भएको, नियमानुसार कम भन्दा कम मूल्यमा नेपाली गलैंचा ल्याउने कुरा भएको पनि उनले उल्लेख गरे ।
FACEBOOK COMMENTS