काठमाण्डौ भदौ ७ – पश्चिम नवलपरासीमा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष दीपक गुप्तासहित समुदायका २९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पाल्हिनन्दन गाउँपालिकामा अध्यक्ष लगायत कर्मचारीमा समेत कोरोना भाइरस पुष्टि भएको हो ।
जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना भाइरस देखिएपछि गाउँपालिकाको कार्यालय सिल गर्ने तयारी गरिएको हो ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार पाल्हिनन्दन गाउँपालिकामा मात्रै २५ जना र जिल्ला अस्पताल परासीका ३ जना डाक्टर र १ जना नर्स सहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । जिल्ला अस्पतालमा अहिले आकास्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ ।
परासी क्षेत्रमा एक साता देखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा १० गतेसम्मलाई थप गरिएको छ ।
तथापि निषेधाज्ञाको पूर्ण रुपमा पालना हुन सकेको छैन् । पश्चिम नवलपरासीमा यस अघि नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुबासचन्द्र गिरीको कोरोनाकै कारण निधन भएको छ ।
FACEBOOK COMMENTS