काठमाडौं, माघ १४- गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हो ।
अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
यस अघि गायिका राउतलाई अनुसन्धानका लागि भनी प्रहरीले ७ दिन हिसासतमा राख्ने माग गरेको भए पनि प्रमुख जिल्ला अधिकारीले ४ दिनको आदेश जारी गरेका थिए । तर प्रहरीले आज अनुसन्धान पूरा भएको जनाउँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो
गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। महिला प्रहरी जवान श्रेष्ठले जाहेरी दिएपछि राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।
FACEBOOK COMMENTS