काठमाडौं, कार्तिक २३ – गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाह लगायत विवरण साधारण सभाबाट पारित गर्ने स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
साथै, सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट बोनस र नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव नगरेको पनि कम्पनीले स्पष्ट पारेको छ । गुराँस लघुवित्तको हाल चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा यस लघुवित्तले ३५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सोही आधारमा गत आर्थिक वर्षको अन्त्यसम्ममा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ७५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS