काठमाण्डौँ — गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ ।
संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न काठमाण्डौमा आयोजित अन्तराष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकमा सो निर्णय गरिएको हो ।
कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरिएको थियो ।
यसैबीच बैठकले बहुप्रतिक्षित गोरखाको लारपाकमा निर्माणाधिन एकीकृत वस्तीको निर्माण सम्पन्न गरी आगामी बैशाख १२, २०७६ मा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी नेपालमा आर्थिक लगानीसँगै ज्ञान सीप र प्रविधि भित्र्याउने, उज्यालो नेपाल परियोजनालाई तीव्रता दिइने, नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहकार्य गर्ने, नेपालका हाइडोपावरमा लगानी गर्ने, कृषिमा आधुनिकिकरण एवं बजारीकरणका लागि नेपाल सरकारसँग समन्वय गर्दै अघि बढ्ने लगायतका आगामी रणनीति समेत तय गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS