काठमाडौं, पुस ८- विद्यार्थी तथा स्थानीयबासीले मंगलबार गोकर्ण रिसोर्ट परिसरमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको अनियमिततामा सरकार गम्भीर नभएको भन्दैं उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
नेविसंघका नेता डुजाङ शेर्पाको अगुवाइमा आयोजना गरिएको विरोधमा डेढसय सहभागीले सरकारको निर्णय विरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले टायर बालेर एक घण्टा चक्काजाम समेत गरे ।
नेपाल ट्रस्टको कानून नै संशोधन गरेर गोकर्ण रिसोर्ट यति होल्डिङ्सलाई पुनः सस्तोमा लिजमा दिइएको तथा सोही कम्पनीलाई दरबारमार्गमा रहेको ट्रस्टअन्तर्गतको अर्को जग्गा पनि लीजमा दिइएको भन्दै विरोध जनस्तरबाट नै सरकारको विरोध हुदैं आइरहेको छ ।
गोकर्ण रिसोर्टको पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल ट्रस्टको कानून संशोधन गरेर सरकारले यती समूहलाई दिने निर्णय गैरकानुनी र माफियामुखी भएकाले आफूहरु विरोधमा उत्रिनु परेको विद्यार्थी नेता डुजाङ शेर्पाले बताए ।
FACEBOOK COMMENTS