काठमाण्डु, ५ जेठ – गोरखा आसपासका क्षेत्रमा कडा भुकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर ४४ मिनेटमा भुकम्पको धक्का महसुस भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प गएपछि गोरखा सदरमुकाम आसपासमा मानिसहरु अत्तालिएर घरबाहिर निस्किएका थिए । भकुम्पका कारण मानिसहरु त्रसित भएका छन् ।
FACEBOOK COMMENTS