काठमाडौं, वैशाख १२ । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर बि.स. २०७२ सालमा आएको भूकम्पको ६ वर्ष पुरा भएको छ । आज वैशाख १२ गते बारपाक भूकम्पको ६ वर्ष पुरा भएको हो ।
बारपाकलाई केन्द्र बनाएर नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प आएको थियो । उक्त भूकम्पलाई सन् १९९० को भूकम्पपछिको सबैभन्दा विनाशकारी भूकम्पका रुपमा लिइन्छ ।
सो भूकम्पमा परेर साढे ८ हजार मानिसले ज्यान गुमाएका थिए । यस्तै, २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परेर दुई हजार ६७३ सरकारीसहित साढे ६ लाखभन्दा बढी आवासहरु भत्किएका थिए ।
सोही भूकम्पमा भत्किएको नेपालको सान भनेर चिनिने धरहरा भूकम्प आएको अघिल्लो दिन वैशाख ११ गते नै उद्घाटन भइसकेको छ । यसैगरी, रानीपोखरी, दरबार हाई स्कुल, बसन्तपुर दरबार स्क्वायार र सेनाको मूख्यालय समेत पुननिर्माण भइसकेको छ ।
यसैगरी, सोही भूकम्पले भत्एिका देशभरका साढे ६ सय स्वास्थ्य केन्द्र समेत पुननिर्माण भइसकेको राष्ट्रिय पूननिर्माण केन्द्रले बताएको छ । बाँकी संरचना पनि निर्माणाधिन अवस्थामा छन् । यसका साथै, सोही भूकम्पमा परेर भत्किएका बारपाकका घरहरु समेत बनिसकेका छन् ।
FACEBOOK COMMENTS