काठमाडौँ — निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्य कामका रूपमा रहेको धावनमार्गलाई कालोपत्रे गर्ने कामको अन्तिम तहको (फोर्थ लेयर) कालोपत्रे गर्ने काम मंगलबारबाट सुरु भएको छ ।
विमानस्थल सञ्चालनका लागि सबैभन्दा प्रमुख पाटो भनेको धावनमार्ग हो ।
कुनै बाधा नआए वा मौसमले साथ दिए अबको ३० दिनमा धावनमार्गको पूर्ण रूपमा तयार हुने निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलका आयोजना प्रमुख ई.प्रवेश अधिकारीले बताए ।
यसअघि धावनमार्गमा तिनतहको कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ ।
धावनमार्गको चौथो तथा अन्तिम तहको कालोपत्रेको मोटाइ साढे सात सेन्टिमिटरको हुनेछ ।
अहिले विमानस्थलमा धावनमार्गको अन्तिम चरणको कामसँगै टर्मिनल भवनहरूको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
— कारोबार
FACEBOOK COMMENTS