काठमाण्डौँ — गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ ।
बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिएको छ ।
धावनमार्गको कालोपत्रको काम सम्पन्न भएपछि विमानस्थलको भौतिक निर्माण प्रगति ७५ प्रतिशत माथि पुग्नेछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार पछिल्लो नौ महीनामा आयोजनालाई अगाडि बढाउन दर्जनौँपटक स्थलगत अनुगमन गरिएको, निर्देशन एवं समन्वयबाट तत्काल समस्या समाधान गरिएका कारण आयोजनामा उल्लेख्य प्रगति भएको हो ।
गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रमेश अधिकारीका अनुसार पहिलो चरणको कालोपत्र सम्पन्न गरी हाल धमाधम दोस्रो चरणको कालोपत्र भइरहेको छ ।
— कारोबार
FACEBOOK COMMENTS