काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम अन्तिम चरणमा पुगेको छ ।
विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले अबको ढेड महिनाभित्रमा काम सकिने बताए ।
विमानस्थलमा ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग निर्माण भइरहेको छ ।
आगामी सेप्टेम्बरभित्रमा सञ्चालनमा ल्याउने तयारीका साथ काम अघि बढिरहेको सो विमानस्थलको बिल्डिङ फिनिसिङ भइरहेको छ भने कन्ट्रोलर टावरकोे काम अन्तिम चरणमा पुगेको छ ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको विमानस्थलको हालसम्म ६७ प्रतिशत भौतिक संरचनाको काम सकिएको छ ।
कम्बोडियाले गौतमबुद्ध विमानस्थलमा सीधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेअनुसार मङ्सिर १३ गते हवाई सम्झौता भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चरणमा साना र ठूला गरी ५ ओटा जहाज अट्ने क्षमता हुनेछ ।
FACEBOOK COMMENTS