काठमाडौं, पुस २९ – ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना लगानिकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट ४.८४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५५ प्रतिशत नगद लाभांश गरी कुल ५.१० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांंश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।
FACEBOOK COMMENTS