काठमाण्डौं – नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।
बोर्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ ।
कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौ क्यापिटल लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS