काठमाडौं, चैत २ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावर (GLH) को शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत पाएकाे छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार मंगलबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।
FACEBOOK COMMENTS