काठमाण्डौँ — ग्लोबल आइएमई बैंक लि. र पाटन प्याथ ल्याब प्रा. लि.बीच सम्झौता भएको छ ।
बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परिक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।
उक्त सम्झौतापत्रमा पाटन प्याथ ल्याबका अक्ष्यक्ष रेशम भट्टराई र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि /सम्र्पक कार्यालय माफर्त आफनो सेवा दिरहेका छन् ।
FACEBOOK COMMENTS