काठमाडौं, पुस १०- ग्लोबल आइएमई बैंकले जनता बैंकसँगको मर्जर पछि शाखा कार्यालय दोहोरीएका २९ ठाउँका शाखा खारेज गरेको छ ।
खारेज हुने शाखामध्ये साविकको आइएमई बैंकका १० र जनता बैंकका १९ शाखा छन् । मर्ज भएर एकीकृत कारोबार हुन थालेपछि एकै स्थानमा भएका दुई शाखामध्ये एक खारेज गरिएको बैंकले जनाएको छ ।
बैंकले ती शाखा कार्यालयहरु बिक्री गर्न प्रकृया शुरु गरेको छ । तयारी अवस्थाका कार्यालयमा रहेका आन्तरिक सजावट तथा अचल सम्पत्तिहरु बिक्रीको लागि प्रकृया अगाडी बढाएको बैंकले जनाएको छ ।
बैंकले हाल देशभरका करिब ३ सय शाखा कार्यालय, २५९ एटीएम र २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टरबाट २० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS