काठमाण्डौं– ग्लोबल आइएमई बैंकले एकैसाथ ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्यएको छ ।
आसारको तेस्रो साता थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ ।
ग्लोबल आइएमई बैंकल बाग्लुङ्गको ढोरपाटन, गुल्मी जिल्लाको मुसीकोट नगरपालिका पाडथोक र ठुलापोखरा , अर्घाखाँची जिल्लाको माला रानी गाउँपालिका गुल्मी जिल्लाको धुरकोट गाउँपालिका नवलपरासी जिल्लाको रामग्राम नगरपालिका र गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।
बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोण प्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्ण कुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमा कुमारी चौधरी र गोरखाको मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएका बैंकले जनाएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सकिने बैंकले बताएको छ ।
FACEBOOK COMMENTS