काठमाडौँ, भदौ ३१ – ग्लोबल आइएमई समुन्नत योजना १ ले घोषणा गरेको प्रतिफलका लागि बुक क्लोजको मिति सार्वजनिक गरेको छ ।
योजनाले घोषणा गरेको कर सहितको ४ प्रतिशत नगद प्रतिफलका लागि असोज ९ गते एक दिन बुक क्लोज गर्ने भएको हो । योजनाले आर्थिक वर्ष २०७६/७७ का लागि उक्त प्रतिफल वितरण गर्न लागेको हो ।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गतेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल दिने निर्णय गरेको थियो । बुक क्लोजको आधारमा असोज ९ गतेभन्दा अघिल्लो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई प्रचलित कानुन बमोजिम तोकिएको अवधिभित्र रितपूर्वक नामसारी भई आएका इकाईधनीहरुले मात्र यो प्रतिफल पाउनेछन् । यस योजनाले रू. १० करोड बराबरको इकाई विक्री गरेको थियो ।
साउन मसान्तसम्म यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ६४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS