काठमाडौं, २४ वैशाख । कास्की जिल्लाको विजयपुरमा केन्द्रीय कार्यालय भई राष्ट्रिय स्तरमा कार्यक्षेत्र बनाएको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखा कार्यालयहरुले मास्क र स्यानिटाइजर वितरण गरेका छन् ।
कोरोना भाइरको महामारीमा सर्वसाधारणको सुरक्षामा अहोरात्र खटिने प्रहरी सुरक्षाकर्मीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले मास्क तथा स्यानिटाइजर वितरण गरेको संस्थाले बताएको छ । संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडी र तानसेनलगायत शाखा कार्यालयहरुले नजिकैको प्रहरी कार्यालयहरुमा २२ लिटर स्यानिटाइजर तथा २५ प्याकेट मास्क वितरण गरेका छन् ।
संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरेको सहयोगले सुरक्षाकर्मीको उच्च मनोबलमा थप योगदान पुग्ने विश्वास संस्थाले लिएको छ । वित्तीय संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।
FACEBOOK COMMENTS