काठमाडौं, वैशाख २३ – ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धी छनोट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् ।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिस्पर्धामा भाग लिनका लागि भिडियो पठाएका २५० जना भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनोट गरिएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकमा गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल छन् । ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।
ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनोट भएका ६० जना प्रतिस्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिस्पर्धा गर्ने छन् । एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले गैर आवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअल माध्यममार्फत तयारी गरिएको बताएका छन् ।
साथै आगामी अप्रिल १४ र १५ तारिखका लागि तय भएको ओपनिङ राउन्ड काठमाडौंमा जारी निषेधाज्ञाका कारण केही दिनपछि सारिने रेग्मीले जानकारी दिए । ‘एनआरएनए अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही सदस्यलाई समेत कोरोना संक्रमण देखिएको छ, उहाँहरू आराममा हुनुहुन्छ, त्यसैले केही दिनपछि परिस्थिति अनुकूल भएपछि ओपनिङ राउन्डमा जाने हाम्रो तयारी छ, ’ रेग्मीले भने ।
ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्ने छन् । प्रतिस्पर्धीले ओपनिङ राउन्डमा म्यूजिक ट्रयाकमा गीत गाउने छन् ।
विश्वभरबाट डिजिटल अडिसनमार्फत् भिडियो पठाएकामध्ये पहिलो चरणमा ५० जनालाई छनोट गर्ने भनिए पनि उत्कृष्ट गायन भएका थप १० जनालाई पनि समावेश गरिएको रेग्मीले बताए । ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रूपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रूपैयाँ, तेस्रो पुरस्कार दुई लाख रूपैयाँ, चौथो पुरस्कार एक लाख रूपैयाँ र पाँचौं पुरस्कार ५० हजार रूपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीतगाउने अवसर प्रदान गरिने बताइएको छ ।
को–को भए एनआरएन ग्लोबल सिंगिङ आइडलमा छनोट ?
१. दिपेश सिग्देल, नर्वे
२. खेमबहादुर बिक, ओमन
३. निपोनलामा, अष्ट्रिया
४. सौरभ पाख्रिन तामाङ, हङकङ
५. शिवबहादुर घाताङस्वाङ, कोरिया
६. बामदेव भट्ट, बहराइन
७. भीमराज गुरुङ, क्यानडा
८. अंकिता घतानी, न्यूजिल्याण्ड
९. दीप्ति थापा, युके
१०. सोनाम महर्जन, हङकङ
११. कपिल पुनमगर, आइरल्याण्ड
१२. ईभा नेपाल, क्यानडा
१३. जिके पूर्णलिम्बु, बहराइन
१४. कल्पना श्रीपाल, युके
१५. प्रजिताबास्तोला, यूएसए (मेरील्याण्ड)
१६. राजीवथापा, अष्ट्रेलिया
१७. मिङमातामाङ, साइप्रस
१८. निसान ढकाल, अष्ट्रेलिया
१९. आकाश न्यौपाने, जापान
२०. हिमन राई, कुवेत
२१. पारस आचार्य, अष्ट्रेलिया
२२. प्रतिक शिवा, बहराइन
२३. राधिका कुमार गोले, कोरिया
२४.आयुषा डोटेल, अष्ट्रेलिया
२५. किशोर लम्साल, कतार
२६. अभिषेक लकान्द्री, युएई
२७. वसन्त बिष्ट, बहराइन
२८. सुमन चेम्जुङ र घनश्याम गुरुङ, कुवेत
२९. नरेन्द्र मल्ल, कतार
३०. शहर विश्व, कुवेत
३१. रेसु स्याङ्दान, बहराइन
३२. रुद्र सुन्दास, युएई
३३. सुरज घर्ती, कोरिया
३४. सतिशथापा, कतार
३५. पवन पौडेल, अष्ट्रेलिया
३६. अभिषेक भण्डारी, अष्ट्रेलिया
३७. तीर्थराज निरौला, जापान
३८. सुरज बिक, कतार
३९. लक्ष्मण दर्जी, कतार
४०. निशान्त कुमार विश्वकर्मा, कतार
४१. गोविन्द गुरुङ, कतार
४२. कविता आरबीएम, यूएई
४३. निमा दोर्जे तामाङ, कतार
४४. रूपकदाहाल, अष्ट्रेलिया
४५. नवराज श्रेष्ठ, कतार
४६. सुन्दर लिम्बु, युएई
४७. अमित बिष्ट, युएई
४८. कृष्ण खवास, युएई
४९. सन्देश गुरुङ, युएसए
५०. इन्दिरा शाह, कतार
५१. समिर भट्टराई, साइप्रस
५२. बिबिमल्ल ठकुरी, कुवेत
५३. योसिका कुँवर, मलेसिया
५४. आयुसा मैनाली र समृद्धि श्रेष्ठ, युएसए
५५. हर्ष भण्डारी, युएसए
५६. श्रेयस श्रेष्ठ, युएसए
५७. दीपा भट्टराई, अष्ट्रेलिया
५८. शर्मिलादर्जी, साइप्रस
५९. देवकी न्यौपाने खत्री, युएई
६०. विशाल श्रेष्ठ, कोरिया
FACEBOOK COMMENTS