काठमाण्डौँ — काठमाडौं महानगरपालिका भित्रका अधिकांश घरधनीले महानगरलाई तिर्नुपर्ने घरबहाल वापतको कर तिरेका छैनन ।
२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार काठमाडौं महानगरपालिका भित्र एक लाख ६१ घर छन्।
तीमध्ये ९५ प्रतिशतभन्दा धेरै घरधनीले घर डेरामा लगाएका छन्।
तर, अधिकांश घरधनीले भने महानगरलाई तिर्नुपर्ने घरबहाल वापतको कर तिर्न आनाकानी गरिरहेका छन्।
करको दायरामा आउनेलाई कारबाही गर्नुको सट्टा महानगर उल्टै घरधनीको यकिन तथ्यांक नभएको भन्दै पन्छिने गरेको छ।
गत वर्षसम्म महानगरपालिकाले दुई प्रतिशत र आन्तरिक राजश्व कार्यालयले १० प्रतिशत छुट्टाछुट्टै घर बहाल कर उठाउँथे।
तर, गत वर्षदेखि घरबहाल कर उठाउने जिम्मेवार महानगर मातहत आइसकेको छ।
काठमाडौं महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले संस्थागत कर संघीय सरकारले नै उठाउने भएकाले अपेक्षाकृत ढंगले घरबहाल कर उठाउन नसकेको स्वीकार्छन्। ‘
— नागरीक
FACEBOOK COMMENTS