काठमाडौं,चैत ११ – स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष तथा ज्योती ग्रुप अफ कम्पनिजका निर्देशक सौरभ ज्योतीले कोरोना भाइरसको महामारीको यो समयमा घरभित्र रहि रचनात्मक काम गर्न सबैलाई आग्रह गरेका छन् ।
विश्वलाई नै क्रासमय बनाएको कोभिड १९ (कोरोना भाइरस ) को संक्रमण रोकथामका लागि सरकारले आजदेखि एक हप्तासम्म देश लकडाउन गरेको छ । यो समयमा आफुलाई गर्न मन लागेका र समय नभएर साची राखेका काम गरी आफुलाई क्रियाशिल राख्न युवा व्यवसायी ज्योतीले सबैलाई आग्रह गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मोटरसाइकल मर्मत गर्दै खिचिएको सानो भिडियो मार्फत उनले सबैलाई घरमै बसेर सरकारको निर्णय पालना गर्नुका साथै आफु र विश्वलाई सुरक्षित राख्न आग्रह गरेका छन् । उनले भनेका छन् तपाई हामीसँग समय नभएर घर परिवारसँग बसेर रमाइलो गर्न पाएका हुदैनौ, आफ्ना रुची र चाहनाहरु पूरा गर्न पाएका हुदैनौ । तर अब समय आएको छ घरमै बस्ने र आफ्ना रुचीहरु पूरा गर्ने । यसले तपाईलाई पनि बचाउँछ साथै देशलाई पनि बचाँउछ, त्यसैले घरमा बस्नुस् र सुरक्षित रहनुहोस् ।
FACEBOOK COMMENTS