काठमाण्डौँ — नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपियाँ बराबरको कारोबार भएको छ ।
शनिबारसम्म मेलामा एक लाख ८७ हजार अवलोकन कर्ताले अवलोकन गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा विहीबारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा शुरु भएको मेलामा विहीबार २० हजारले अवलोकन गरेका थिए ।
५० सवा करोडको कारोबार भएको छ भने शुक्रबार ५० हजारले अवलोकन तथा चार करोड रुपियाँको कारोबार भएको छ ।
साथै शनिबार एक लाख १७ हजारले अवलोकन गरेका छन् भने छ करोड रुपियाँ बराबरको कारोबार भएको छ ।
आगामी मङ्गलबारसम्म चल्ने मेलामा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ संचालन गरीएको हो ।
पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्, ।
पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS