काठमाडौं – चक्रपथमा ४० सिट क्षमताका विद्युतीय बस गुड्ने भएका छन् ।
सुन्दर यातायात प्रालीले चक्रपथमा सुविधा सम्पन्न विद्युतिय बस गुडाउन लागेको हो ।
चीनको बिएके कम्पनीले निर्माण गरेको विद्युतिय बस एक पटक चार्ज गर्दा २६८ किलोमिटर गुड्ने सुन्दर यातायातका अध्यक्ष भेष थापाले जानकारी दिएका छन् ।
कम्पनीले ३ वटा बस नेपाल ल्याईसकेको छ भने चार्जिङ स्टेशन पनि झिकाईसकेको छ । एउटा बसको मूल्य १ करोड ८७ लाख पर्छ । यी बसहरुमा मोबाइलबाटै भाडा तिर्न सकिन्छ । त्यसका लागि कम्पनीले ‘सुन्दर यातायात भेइकल रिचार्ज’, नामको एप्स निर्माण गरिरहेको छ ।
३ वटा बस ल्याईसकेको कम्पनीले थप १० वटा बस ल्याउने प्रक्रिया अघि बढाईसकेको छ ।
१३ जना युवा उद्यमी मिलेर उनीहरुले काठमाडौं पछि पोखारा, बुटवल र चितवनको शहरी क्षेत्रमा विद्युतिय बस सञ्चालन गर्ने योजना बनाएका छन् ।
FACEBOOK COMMENTS