काठमाडौं, फागुन १२ – सोमबार देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिउँदे वर्षाको समय सकिन लाग्दा केही दिन देशभर बदली रही केही भेगमा वर्षा हुने अनुमान गरिएको छ ।
हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भेगमा आँशिक बदली तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली को अवस्था रहेको छ । ्र
सोमबार मध्य, पूर्व र पश्चिमका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । मङ्गलबारदेखि केही भेगमा सामान्य बदली रही अन्य भेगमा मौसम सफा रहने महाशाखाले जनाएको छ । उच्च हिमाली भेगमा हिमपात हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अबको तीन दिनसम्म बादल लाग्ने, सामान्य पानी पर्ने र घाम लाग्ने क्रम चलिरहने मौसमविदले जनाएका छन् ।
FACEBOOK COMMENTS