कर्पोरेट संवाददाता
काठमाण्डौं– ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहिर शुक्रबार साँझ शक्तिशाली बम विस्फोट भयो ।
एनसेलको कार्यालयमा समेत क्षति पुग्ने गरी भएको यो विस्फोटमा फुटपाथमा हिँडिरहेका दुई महिला र एक पुरुष गम्भीर घाइते भए ।
बम विष्फोटमा परि घाईते भएका लम्जुङका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।
एनसेलको मुख्य कार्यालय बाहिर बम पड्किए लगत्तै राजधानीको कमलपोखरीस्थित आँगन स्विट्स भित्र बम रहेको खबर केही बेरमै राजधानी उपत्यकाभरी फैलियो ।
आँगन स्विट्समा बम राखिएको खबर पाउनेबित्तिकै पुगेको प्रहरीले ज्यानकै वाजि थापेर आगन वाट बमलाई वाटो सम्म ल्यायो ।
त्यस पक्षात नेपाली सेनाको बम डिस्पोजल टोलीले बमलाई निसकृय बनायो ।
यसबाहेक देशका विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनी गरेको छ ।
प्रहरीले नख्खुको एनसेल कार्यलयमा बम विस्फोट गराउनमा त्यहिकै कर्मचारीको संग्लनता रहेको आसंकामा ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
तर सुरक्षा निकायका अनुसार काठमाडौंमा विप्लव माओवादीको प्रभाव निकै कम हुदै गएपछी यस्तो काम गरेका हुन् ।
विप्लवले गरेका बन्दहरु यहाँका जनताले अवज्ञा गर्ने र उद्योगी व्यवसायीहरुले समेत चन्दाँ नदिदाँ तर्साउनको लागि बम विस्फोट गराएको बुझिएको छ ।
कागमाण्डौंमा व्यवसाय गर्दै आएका एक व्यवसायीका अनुसर विप्लब समुहले फोनबात चन्दा माग्दै आएको थियो । तर व्यवासायीहरुले चन्दा दिन नमाने पछि व्यवसायीलाई डर देखाउन विभिन्न ठाउँमा विस्फोट गराएको हुन सक्ने बताएका छन् ।
कसैको ज्यान जाने र कसैलाई तर्साउने हिसावको गतिविधी आतंकवादका गतिविधी भएको ती व्यवसायीको भनाई छ ।
FACEBOOK COMMENTS