तनहुँ, चैत्र १९ – म्याग्दे गाउँपालिकाले सहायताको नाममा चन्दा नउठाउन र आफु खुसि राहत वितरण नगर्न संघ संस्था तथा व्यक्तिलाई आग्रह गरेको छ । म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवि रानाको अध्यक्ष तामा म्याग्दे गाउँपालिकाको मंगलवार वसेको ८० औं कार्यपालिकाको वैठकले कुनै पनि व्यक्तिलाई सहायता गर्नुपरेमा गाउँपालिकावाट स्वीकृत लिन संघसस्था वा व्याक्तिलाई आग्रहगरेको हो ।
संघ संस्था वा व्यक्तिले दिने सहयोगलाई एकद्वार प्रणालिवाट वितरण गर्न, पारदर्शिता कायम गर्न र लक्ष्यित समुदायका व्यक्तिसम्म पुगोस भनेर गाउँपालिकामा सम्पर्क गर्न भनिएको हो प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताए । गापाका ७ वडै वडाका परिवार सख्या, रोजगारिको अवस्था,आश्रित परिवार सख्या लगायतका विवरणहरू २ दिन भित्र गापामा पठाउन र सोहि आधारमा राहत वितरण गरिने भएको छ ।
विपत व्यवस्थापन कोषमा गापाले २५ लाख वजेट विनियोजन गरेको वताउदै प्रमुख प्रशासकिय अधिकृत नागिलाले भने ,ूउक्त कोषमार्फत सहयोग गर्ने भएकाले सोहि कोषमा योगदान गर्न चाहनेका लागि सहयोग आह्वावान गरेका छौ ।
त्यस्तै,कोभिड १९ वाट वच्न नेपाल सरकारले घोषणा गरेको लगडाउनवाट उत्पन्न हुने खाघ सामाग्रीको आपुति व्यवस्थापनमा देखिएको समस्यालाई व्यवस्थित गर्न गापामा अध्यक्ष माया रानाको सयोजकत्वमा उपाध्यक्ष वालकृण घिमिरे सदस्य, उधोग वाणिज्य संघका भिमलाल श्रेष्ठ सदस्य, प्रहरी प्रतिनिधि कृष्ण वहादुर वाँनिया सदस्य , तिलक धिमिरे स्वास्थ शाखा प्रमुख सदस्य, प्रत्रकार प्रतिनिधि नुप्त भुजेल सदस्य र सदस्य सचिवमा हरिराम नागिला प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव र गापाका ७ वडै वाडा अध्यक्ष पदेन सदस्य रहने निणय वैठकले गरेको प्रवक्ता शिवसरण वाग्लेद्वारा जारि विज्ञप्तिमा उल्लेख्य छ ।
वडा स्तरमा आपुर्ति अनुगमन गर्न र वडामा दैनिक रूपमा गुजरा चलाउन नसक्ने व्यक्तिको लागत सकलन गर्न वडा अध्यक्षको सयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको छ ।
FACEBOOK COMMENTS