काठमाडौं – नेपाल उद्योेग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइ समुहका अध्याक्ष चन्द्र ढकालले हाइड्रोपावरमा लगानी गर्ने भएका छन् ।
सेवा क्षेत्रको व्यवसायमा स्थापित ढकालले हाइड्रोपावरमा ११ अर्ब लगानी गर्ने भएको हो ।
ढकालले म्याग्दीको एक जलविद्युत् आयोजनामा १० अर्ब ९५ करोड १३ लाख १० हजार रुपैयाँ लगानी गर्ने भएका हुन् ।
हाइड्रो सपोर्ट प्रालिको नाममा आइएमई समूहले जलविद्युतमा लगानी गर्दैछ । बैंक, बीमा, रेमिट्यान्स, केवलकारजस्ता सेवा व्यवसायमा लोकप्रिय भएको आइएमइ समूहले यसअघि लमजुङमा समेत जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं २ मा उक्त आयोजना निर्माण हुनेछ ।
कूल ५३.५३ मेगावाट क्षमताको सो आयोजना शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजना हो ।
FACEBOOK COMMENTS