काठमाडौं, २० फागुन- केहि दिनदेखि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढिरहेको छ । साताको अन्तिम दिन आज (बिहिबार) पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । साताको पहिलो दिनदेखि नै यस कम्पनीको शेयरमूल्य उच्च बृद्धि भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर अन्तिम मूल्य ६०५ रुपैयाँ पुगेको हो ।
त्यस्तै, नेप्से २५ अंकले बढेको छ भने ५५ करोडको कारोबार भएको छ । कारोबार भएका एक समूहबाहेक अन्य सबै समूह बढेका छन् ।
FACEBOOK COMMENTS