बसन्त अर्याल
सन् २००६ साल देखी अटो क्षेत्रमा लागेका देवेन्द्र श्रेष्ठ २००९ सालदेखि हेवी इक्युप्मेन्टका क्षेत्रमा काम गरिरहेका छन् । टाटा कम्पनीबाट क्यारियर शुरु गरेका श्रेष्ठ हाल आइडीएमसीमा कार्यरत छन् । भोल्भो, बतास लगायतका हेभिइक्युप्मेन्ट कम्पनीमाबाट अनुभव लिएका उनी आइडीएमसीमा बिजनेश हेडको भूमिका निभाइरहेका छन् ।
आइडीएमसी कम्पनीले एक्ससीएमजी, बोमाग ब्राण्डका इक्युप्मेन्ट बिक्री गरिरेको छ । एक्ससीएमजी चीनको सरकारी कम्पनी हो । यो कम्पनी विश्वको छैठौं ठूलो कन्सट्रक्सन इक्युप्मेन्ट कम्पनीमा पर्छ । यस कम्पनीको प्रोडक्ट रेन्ज धेरै माथि छ । स–साना पार्टस्देखि ७ सय टनसम्मको इस्काभेटर यसले बनाउँछ । उनले भने, ‘मोटर ग्रेडर, इस्काभेटर,लोडर, ड्रेलिङ मिसेन, रोड मेशिनरी, पाईलिङ मेशिनरीदेखि क्रेनलगायत थुप्रै इक्युप्मेन्ट उत्पादन गरिरहेको छ ।’ निर्माण क्षेत्रको लागि चाहिने सम्पूर्ण सामाग्री हामीसँग छन् ।
नेपालमै पनि हामीले ७५ टनको क्रेन भित्राएका छौ । ३५ टनको क्रेन नेपालमा काम गरिरहेको छ । दुई वर्षको अन्तरालमा कम्पनीले ९० ओटा जति इस्काभेटर दाबी गरेका छन् । उनले अरुले कम्पनीको बारेमा धेरै लुकाउने गरेको बताउँदै भने, ‘इस्काभेटरमा मेड इन चाइना भने पनि यो जापनी प्रविधी हो । हाम्रो इक्युप्मेन्टमा भित्र के–के छ हामी बकाइदा लेखेर दिन्छौं । जस्तो हाम्रो इन्जिन त जापानमा बनेर आउँछ । मेन एग्रिगेटर जापनबाटै आउँछ ।’
‘मान्छेमा अझै भ्रम छ । जसले एक्ससीएमजी कम्पनीका इक्युप्मेन्ट प्रयोग गरेको छ । ती मान्छेका भ्रमबाट मुक्त भएका छन् । चाइना सरकारको आफ्नै कम्पनी भएकाले पनि यसको विश्वासनियता विश्वमा धेरै छ ।’
चाइनाका सामाग्री कमसल हुने भन्दै प्रचार गरिरहेको उनले पाएका छन् । तर प्रविधिमा चीनले विश्वमा प्रभाव जमाउँदै लगेको उनको बुझाइ छ । उनलाई लाग्छ, ‘मान्छेमा अझै भ्रम छ । जसले एक्ससीएमजी कम्पनीका इक्युप्मेन्ट प्रयोग गरेको छ । ती मान्छेका भ्रमबाट मुक्त भएका छन् । चाइना सरकारको आफ्नै कम्पनी भएकाले पनि यसको विश्वासनियता विश्वमा धेरै छ ।’
उनी भन्छन्, ‘एकपटक ठगिनेले अर्को पटक आँखा पनि लगाउँदैनन् । हामीले आफ्नै साथिभाई ठगेर के पाउँछौं र । त्यसैले हाम्रो फोकस भनेको सर्भिस र पार्टस्मा नै हो ।’ इटहरी, विरगज, बुटवल, पोखरामा शाखा कार्यलयहरु छन् । नेपालको पश्चिम भागमा अर्को शाखा खोल्न लागिएको उनी बताउँछन् ।
एक्ससीएमजी ब्राण्ड नेपालमा भित्रिदा दुइ तीनेटा ब्राण्ड मात्र भएको उनी सम्झन्छन् । अहिले बजारमा करिब १४ ओटा जति इस्काभेटरका ब्राण्ड रहेका छन् । ब्याक लोडरको पनि करिब त्यस्तै छ । सबै कम्पनीले बेचिरहेका पनि छन् । अहिले कुनै कम्पनीको ९० प्रतिशत अरुको बिक्री नहुने भन्ने छैन । अहिले बजारमा कसैको एकलौटी छैन । उनको अनुभवमा पहिला भन्दा अहिले उपभोक्ता धेरै सचेत भइसकेका छन् । बजारमा धेरै ब्राण्ड आउँदा ग्रहाकलाई फाइदा पनि भएको छ । ब्राण्ड कुनै पनि नराम्रो भन्ने हुँदैन तर कम्पनीले सर्भिस र स्पेयर्स पार्टको उपलब्ध कस्तो छ भन्नेमा भर पर्छ । कुनै पनि मेशिनरीमा कस्तो खालको कम्पोनेन्ट प्रयोग गरेको छ भन्ने मुख्य कुरा रहेको उनी बताउँछन् ।
उनको यस क्षेत्रको अनुभवले कतिपय कुरा मार्केटिङ गर्नेमा पनि भर पर्ने दर्शाउँछ । उनी कुनै मार्केटिङको व्यक्तिले मेशिनको बारेमा सही जानकारी नदिँदा क्रेता भुक्किन्छन् । ‘ढुङ्गा काट्ने मेशिन चाहिएको मान्छेलाई माटो काट्ने मेशिन बेच्नु पनि भएन । उस्तै मेशिन भनेर हुँदैन फिचर फरक–फरक हुन्छ,’ उनी प्रष्ट्याउँछन् ।
चाइनिज ब्राण्ड एक्ससीएमजी नेपालमा स्थापना गरेको आइडिएमसीले हो । ‘नेपालमा यस कम्पनीको मोटर ग्रेडर जुन बाटोको कन्सट्रक्सनमा प्रयोग हुन्छ । ठूला लोडर जुन हाइड्रो पावरको आयोजनामा बढी प्रयोग हुन्छ । दुई वर्षको अवधिमा करिब साढे दुई सय भन्दा बढी बिक्री गरिसकेको छ । नेपालमा एकदमै कम बिक्री हुने ठुला–ठुला क्रेन पनि बजारमा पठाएका छौं,’ उनले भने ।
नेपाली हेविइक्युप्मेन्ट बजारको करिब १० प्रतिशत बजार एक्ससीएमजीले ओगटेको छ । नेपाली बजार पूरै अप एण्ड डाउन भइरहेको छ । कुनै वर्ष ३ हजार हेविइक्युप्मेन्ट बिक्रि भएको छ भने कुनै वर्ष दुई हजार मात्र बिक्री भएको छ । ब्याक लोडर मात्र नेपालमा करिब २५ सयको हाराहारी भित्रने गरेको छ । इक्काभेटर नेपालमा वर्षको १५ सय आसपास भित्रने गरेको तथ्याङ्कले देखाउने गरेको छ । उनि भन्छन्, ‘यो वर्ष एकदक कम भित्रिएका छन् । यसको कारण मार्केटमा क्यास फ्लो कम हुनु हो । ठेकेदारले पैसा पाउनु भएको छैन । ठेकेदारले पैसा नपाएपछि इक्युप्मेन्ट कसरी बिक्री हुन्छ र ? तैपनि हामी १० प्रतिशत बजार ओगटेकै छौ । यो वर्ष २० प्रतिशत बजार ओगट्ने प्रयासमा छौं ।’
उनी एक्ससीएमजी इक्युप्मेन्टका स्पेयर पार्टस् सजिलै उपलब्ध रहेको बताउँछन् । ‘१५ मेशिन बराबर एकजना मेकानिक कम्पनीका रहेका छन् । ती मेकानिक नेपालको सबै ठाउँमा उपलब्ध छन् । स्पेयर पार्टस् हाा सबै शाखामा पाइन्छन् । कुनै सर्भिस चाहिएमा एकदिन भित्र हामिले उपलब्ध गराउन सक्छौं,’ उनको दाबी छ ।
हेविइक्युप्मेन्ट खरिदकर्ताको लागि बैंकले पनि सहज रुपमा ऋण उपलब्ध गराउने गरेको छ । ‘एक्ससीएमजी ब्राण्डमा बैंकले पत्याएका छन् । कुनै ब्राण्डलाई बैंकको ऋण पनि गाह्रो छ तर हामीलाई छैन,’ उनले भने ।
अहिले हेविइक्युप्मेन्ट भाडामा दिनेहरुलाई गाह्रो भइरहेको उनी बताउँछन् । ठूला निर्माण व्यवसायीहरुले आफंैले मेशिन खरिद गर्ने प्रचलन बढेको उनले जानकारी गराए । नेपालमा हेविइक्युप्मेन्टको माग बढ्दै गइरहेको श्रेष्ठ बताउँछन् । विगत केही महिना केहि सुस्त देखिएपनि समग्रमा हेर्दा ठुला आयोजनाको निर्माण प्रक्रियामा रहँदा अझै डिमाण्ड बढ्ने विश्वास उनले गरेका छन् । उनलाई लाग्छ, ‘हेविइक्युम्पेन्ट बिना कुनै पनि विकास संभव छैन । कुटो र कोदालोको जमाना गइसक्यो । नेपालमा हेविइक्युप्मेन्टको बजार किन पनि छ भने एक पटक ल्याएको मेशिन सधै काम लाग्छ भन्ने हुँदैन । जस्तो इस्काभेटरको लाईफ १० वर्षको हुन्छ । अहिले पनि नेपालमा धेरै मेशिन रहेको तथ्याङ्कमा देखिन्छ तर सबै मेशिन चलिरहेको हुँदैन ।’
हेविइक्युप्मेन्टमा नेपाल सरकारले विशेष सहुलियत दिएको छ । सरकारले जम्मा ४ प्रतिशतमात्र भन्सार लिएको छ । यसले विकास निर्माणको कार्यमा सहयोग पुगेको उनले बताए ।
उनी चिनमा विकास भएको सबै बाहिरबाट हेविइक्युप्मेन्ट ल्याएर नभई एक्ससीएमजी जस्ता सरकारी कम्पनीले उत्पादन गरेका मेशिनहरुबाट भएको बताउँछन् । ‘चिनका ठुल–ठुला आयोजनामा प्रयोग हुने एक्ससीएमजीका मेशिनले नेपालमा काम गर्न सक्दैनन् भन्ने त हुँदैन । ग्रहाकले कुनै पनि मेशिन किन्नु पर्दा सबै भन्दा पहिला यसको सर्भिसिङ पाटो कस्तो छ । स्पेयर पार्टस् उपलब्धता कस्तो छ भन्ने ख्याल गर्नुपर्छ । आफूलाई कुन मेशिन चाहिएको हो पहिला स्पष्ट हुनुपर्छ । नेपाल सरकारले पनि नेपालमा प्रयोग नहुने मेशिन ल्याउन दिनु हुँदैन । नभए नेपाल डम्पिङ साइट बन्न सक्छ,’ उनले भने ।
नेपालीहरुमा चीनमा बनेको सामान हतपत्त विश्वास नगर्ने सोचाइमा समस्या रहेको उनको बुझाइ छ । उनी स्पष्ट पार्छन्, ‘चाइनाको विकास त्यही मेशिनबाट भयो तर नेपालीले प्रयोग गर्न डराउँछन् । तर विस्तारै हाम्रो मेशिनको प्रयोगले बल्ल सोचाईमा परिवर्तन ल्याउँदै छ । एक्ससीएमजीका गुणस्तर युक्त मेशिनले चाइनिज सामग्री पनि राम्रा रहेछन् भन्ने प्रमाणित गरिरहेको छ ।’
FACEBOOK COMMENTS