काठमाडौं, चैत २४- अस्ट्रेलियामा नेपाल एयरलाइन्सले गरेको चार्टर्ड उडानमा नियतबस एजेन्ट घुसाईएको भनेर आलोचना भएपछि एजेन्टका रुपमा काम गरेको बोन ट्राभल्सलाई कसिमन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् ।
मन्त्री भट्टराईले तत्काल कसिमन नदिन निर्देशन दिँदै एजेन्टको विषयमा तथ्यसहित प्रष्ट पार्न निगमको नेतृत्वलाई निर्देशन दिएका छन् ।
अस्ट्रेलियन दूतावासले न्युजिल्यान्ड र अस्ट्रेलियाका दुई सय ७४ नागरिकलाई स्वदेश लैजान नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरेको थियो ।
बोन ट्राभलसँग एयरलाइन्सले प्रति घन्टा १८ हजार १ अमेरिकी डलरका दरले सम्झौता गरेको थियो।
एयरलाइन्सका अनुसार यो उडान २५ घन्टा २५ मिनेटको भएको थियो। यसअनुसार नेपाल एयरलाइन्सले ४ लाख ५७ हजार २५ डलर पाउने छ। उक्त रुपैयाँ ५ करोड ४८ लाख ४३ हजार हुन्छ।
यसमा बोनले अब टिकेटिङको कमिसनबापत् जम्मा मूल्यको ५ प्रतिशत अर्थात् २७ लाख ४२ हजार १५० रुपैयाँ कमिसन सिधा कमिसन पाउँछ। यसमा एजेन्सीले टिकेटिङको सेग्मेन्ट आम्दानी पनि पाउँछ। उसले यसमा प्रतिसेग्मेन्ट प्रतिटिकट ५ डलर पाउँछ। अर्थात् २५७ टिकटबाट २ सेग्मेन्टको ३ लाख ८ हजार रुपैयाँ छुट्टै पाउँछ।
यस हिसाबले एजेन्टले सोझै कमाउने रकम ३० लाख बढी हुन्छ।
FACEBOOK COMMENTS