काठमाडौं, चैत १४ – नेपाल चिकित्सक संघले कोरोनाको संक्रमण फैलिरहेकाले चिकित्सकहरुलाई उपचारमा आवश्यक पर्ने आधारभूत सामग्रीहरु उपलव्ध गराउन माग गरेको छ । संघले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम डाक्टर तथा नर्सहरुलाई व्यक्तिगत सुरक्षाका उपकरण ९पीपीई ० लगायतका सामग्री तत्काल उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ ।
संघले शुक्रबार प्रेस विज्ञेप्ती जारी गरेर कोरोना भाइरसको संक्रमणको जोखिम मोल्दै उपचारमा संलग्न हुने चिकित्सकहरुको जिवन बिमा र स्वास्थ्य बिमा गराई मनोबल बढाउन समेत सरकारलाई आग्रह गरेको छ ।
संघ, प्रदेश र स्थानीय निकाय बीच समन्वयकारी भूमिका निर्वाह गर्दै कोरोना भाइरस सम्बन्धि जनचेतना फैलाउन अझ बढी ठोस निर्णय गर्न सरकारलाई संघले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS