काठमाडौं, भदौ १० – पुरानो मेडिकल कलेज, चितवन र रोटरी क्लब अफ चितवन बिच एक स्मरण पत्रमा हस्ताक्षर भएको छ। रोटा वर्ष २०/२१ मा मेडिकल कलेज र क्लब को सयुक्त आयोजना मा वर्ष मा ३ ओटा डेन्टल क्याम्प हुने छ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिने उक्त सम्झौता मा उल्लेख गरिएको छ। साथै उक्त क्याम्प बाट आएका लाई कलेज ले अधिक मा ५५५ न्यूनतम १५५सम्म छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो। यस बर्ष उक्त सम्झौता ले आर्थिक विपन्न समूह लाई टेवा पुग्ने रोटरी क्लब अफ चितवन का दन्त तथा मुख स्वास्थ्य समिती प्रमुख रो.राजन पियाले बताए ।
निजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब रोटरी क्लब द्वारा आयोजित क्याम्प मा आउने सम्पूर्णले अस्पताल तर्फका सेवामा सेवाममा छुट पाउने छन । यस पत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधान र प्रमुख संचालन अधीकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रो.रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य बिभाग प्रमुख रो.राजन पियाले हस्ताक्षर गरेका थिए ।
कार्यक्रम मा पूर्व अध्यक्ष रो. चर्द्रमनी श्रेष्ठ,रो.सरद गोपाल न्यान्छो,रो.उत्तम लाल चुके, रो. मनोज बर्नवला , रोत्र्यक्तका तर्फ बाट अध्यक्ष रो. रोशन खरेल , उपाध्यक्ष रोट. प्रभास रोय, सदस्य डा. विकास साह को उपस्थिति थियो। रोटरी क्लब चितवनमा एक कार्यक्रमका बिच उक्त पत्र सार्बजनिक गरे । कार्यक्रममा बोल्दै अध्यक्ष रो.रोशन पिया ले गत बर्ष जस्तै यस बर्ष पनि धेरै समुदाय ले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने बिस्वास व्यक्त गरे ।
देशकै ठूलो आइ सि यु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यस अस्पतालमा पहिला देखिनै स्वास्थ बीमा, कडा रोग , डायलाइसिस सेवा, निशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । क्याम्प बाट रिफरेन्स वार्ड लिएर आउने हरुलाइ अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निर्देशक डा मनोहर प्रधान ले बताए । सेवा ग्राहीलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै सम्पर्क ब्यक्ती ब्यबस्था गरिने र निशुल्क स्वास्थ्य शिबिर ले राम्रो टेवा पुर्याउने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख श्री दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।
रोटरी क्लब अफ चितवन ले रोट्र्याक क्लब अफ चितवन र प्रोटेक्ट नेपाल को साझेदारी मा सोमबार पुरानो मेडिकल कलेज मा कार्यरत सम्पूर्ण intern डाक्टर हरू ला ई फेस शिल्ड र मास्क वितरण गरेको छ । उक्त उपकरण ले अग्र पंक्ति मा कार्यरत सम्पूर्ण लाई कोभिड विरुद्ध लड्ने हौसला र सुरक्षा प्रदान गर्ने क्लबका अध्यक्ष रो. रोशन पिया ले जानकारी दिए।
दिनदिनै बढिरहेको महामारी र त्यसको हटस्पोट स्वरूप बन्दै आएको पुरानो मेडिकल कलेज मा कार्यरत स्वास्थ्यकर्मीलाई टेवा पुरयाउन उक्त सामग्री हस्तान्तरण गरिएको Protech नेपाल का चितवन cordninator तथा rotarct चितवन का उपाध्यक्ष रोट. प्रभास ले जानकारी दिनु भयो । यस अघि पनि प्रोटेक्ट नेपाल ले रोटरी चितवन को नै सहकार्य मा आखा अस्पताल मा पनि सामग्री वितरण गरेको छ भने देशै भरी १५००० फेस shield वितरण भइसकेको जानकारी यसै प्रोजेक्ट का प्रमुख डा. रोशिना थापा ले जानकारी दिनु भयो । साथै आर्थिक सहयोग आए redzone मा अझै सहयोग गर्ने प्लान राखेको पनि वहाँ ले जानकारी दिनुभयो साथै सम्पूर्ण सहयोगी मन लाई सहयोग को लागि अपिल पनि गर्नु भयो । कार्यक्रममा बोल्दै अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधान ले अस्पतालले यो विषम परिस्थिति मा आफू र आफ्नो टीम अहोरात्र खटिएर काम गरेको र हाल कोभिड-१९ संक्रमित मात्र ३ चिकित्सक संगै अन्य बिरामी अस्पताल मा उपचार्थ रहेको जानकारी दिनु भयो । प्रमुख कार्यकारी अधिकृत डा. सुप्रभात श्रेष्ठ मेडिकल कलेज ले आफ्नो सम्पूर्ण तयारी गरी कलेज मा बिरामी को उपचार भइरहेको र बिरामी को अवस्था बारे आफै प्रत्येक क्षण जिल्ला का सम्पूर्ण सरोकारवाला सँग समन्वय गरिरहेको जानकारी दिनु भयो। कार्यक्रममा कलेज तर्फ अतिरिक्त निर्देशक डा मनोहर प्रधान र प्रमुख कार्यकारी अधकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रो.रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य बिभाग प्रमुख रो.राजन पिया , पूर्व अध्यक्ष रो. चर्द्रमण श्रेष्ठ,रो.सरद गोपाल न्यान्छो,रो।उत्तम लाल चुके, रो. मनोज बर्नवला , रोट्रयाक्ट का तर्फ बाट अध्यक्ष रो. रोशन खरेल , उपाध्यक्ष रोट.प्रभास रोय, सदय्या डा।विकास साह को उपस्थिति थियो।
FACEBOOK COMMENTS