काठमाडौं, पुस १७ – प्रहरी प्रधान कार्यालयले चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ ।
सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि एसपी मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले निर्देशन दिएको हो ।
प्रहरी कार्यालय हेटौंडाले पठाएको पत्रमा भनिएको छ ‘हालसम्म पनि सरुवा भएको दरवन्दीमा रवाना गरेको जानकारी नआएकाले प्रनाउलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको रवाना गरी जानकारी दिन निर्देशानुसार अनुरोध ।
एसपी मल्लको पुस ४ गते नै सरुवा भए पनि उनले जिल्ला छोडेका छैनन्। उनीसहित २४ जना एसपीको एकैचोटी सरुवा भएको थियो। चितवन प्रहरी प्रमुखमा दानबहादुर मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको छ।
तर, प्रदेशले बुधबार दिएको गोप्य सर्कुलर पत्र नै एसपी मल्लले बिहीबार सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल ग्रुपमा हालिदिएपछि सार्वजनिक भएको छ ।
मल्ल डिएसपी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकट प्रहरीका रुपमा चिँनिदै आएका छन्।
FACEBOOK COMMENTS