काठमाडौं, जेठ २६ – चितवनमा यो सातादेखि निषेधाज्ञामा केही खुकुलो बनाइएको छ । यसअघि खाद्य सामग्री पसल विहान ९ बजेसम्म खुलेकामा १० बजेसम्म पुर्याइएको छ ।पाठ्यपुस्तकका पसल र कृषि, मल बीऊसम्बन्धी पसल पनि विहान १० बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
असार पहिलो हप्तादेखि शैक्षिक सत्र सुरु हुने भएकाले विद्यालयसम्म पुस्तक ढुवानीका लागि पुस्तक पसल पनि खोल्ने निर्णय गरेको उनले बताए ।चितवनमा यसअघि जेठ १५ देखि जारी गरिएको निषेधाज्ञा बिहीबार सकिँदैछ । खुकुलो निषेधाज्ञाको व्यवस्था बिहीबारदेखि असार ३ गते राति १२ बजेसम्म लागू हुनेछ ।चितवनमा अब निषेधाज्ञाको समयमा वर्कसपहरु पनि खुल्नेछन् ।
FACEBOOK COMMENTS