काठमाडौं, कात्तिक ४ – संसारभर नै यतिबेला कसले सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ । पश्चिमा देशहरुले चिनियाँ तथा रसियन कम्पनीले बनाइरहेको खोप गुणस्तरहिन रहेको र परिक्षण बिना नै हल्ला गरिएको दावी गरिरहेका छन् ।
कोरोनाका कारण झण्डै ४ करोड मानिस प्रभावित भइसकेको र यूरोपमा कोरोनाको दोस्रो लहर शुरु भएको सन्दर्भमा खोप कसले चाँडै र कति सुरक्षित तवरले ल्याउने भन्ने दौड असाध्यै तिव्र गतिमा भइरहेको छ ।
सबैभन्दा पहिले खोप सार्वजनिक गरेको रसियाले आफूहरुको खोप क्लिनिकल परिक्षणपछि सार्वजनिक गरिएको बताइरहेको छ । चिनियाँ कम्पनीले तयार पारेको खोप आपतकालमा प्रयोग गर्न सकिने दावी गरिरहेको छ । तर पश्चिमा देश तथा त्यहाँका सञ्चार माध्यम यो कुरा मान्न त परै जाओस् सुन्न समेत तयार छैनन् ।
किनकी खोपमा ठूलो अन्तर्राष्ट्रिय व्यापार जोडिएको छ । विश्व अर्थतन्त्र कसको हातमा जाने भन्ने कुरा खोप सार्वजनिक भएपछि देखिने भएकाले पनि अमेरिका, बेलायत जस्ता पश्चिमा देश चीन वा रसियाको खोपलाई सकेसम्म सबैभन्द्या कमजोर तथा काम नलाग्ने स्थापित गराउन उद्यत छन् ।
उनीहरु प्रोपोगाण्डामा लागिरहेको बेला चीनले भने गत महिना नै ब्राजिललाई प्रति डोज २ अमेरिकी डलरमा खोप बिक्री गर्ने सम्झौता नै गरिसकेको छ । यस्तै रसियाले पनि विभिन्न देशमा खोपको परिक्षण मात्रै गरेको छैन, व्यापारिक डिल समेत गरिसकेको छ ।
खोपमा जोडिएको व्यापारमा कसले जित्ने हो वा कसले हार्ने हो भन्ने सन्दर्भमा राम्रो नतिजा देखिन भने केही थप समय कुर्नैपर्ने हुन्छ ।
तर यहाँ भने चिनियाँ खोपको बारेमा थप जानकारी दिने प्रयास गरिएको छ । प्राप्त विवरणहरुमा चीनमा मात्रै आधा दर्जन बढी खोपको तयारी तथा परिक्षण चलिरहेको छ ।
त्यसमा सरकारी स्वामित्वका कम्पनीदेखि निजी क्षेत्रका कम्पनी समेत मरेर लागिपरेका छन् । चिनियाँहरुलाई थाहा छ, खोपको व्यापार र अर्थतन्त्र । सोही कारण उनीहरुले आफ्ना खोपको नतिजाका बारेमा सञ्चारमाध्यमलाई जानकारी दिने तथा बढी भन्दा बढी प्रचार प्रसार होओस् भन्ने पनि चाहेका छन् ।
चिनियाँ कम्प्नलिे तयार पारेको खोप सबैभन्दा बढी सुरक्षित रहेको र तत्कालै शरिमा एन्टीबडी बनाउने र कोरोना भाइरसलाई मार्ने उनीहरुको दावी छ ।
FACEBOOK COMMENTS