काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य दुई जना शीर्ष नेतासँग भेटवार्ता गरेकी छिन् ।
प्रधानमन्त्री देउवासँगै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी हुन् ।
प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत यान्छीले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने बचन दिए पनि नेताद्वय दाहाल र नेपालसँग भएको कुराकानी बाहिर आएको छैन ।
यद्यपि, समसामयिक राजनीतिक विषयमा छलफल भएको अनुमान गरिए पनि वर्तमान अवस्थामा उनको भेटघाटको दौडधूपलाई निकै अर्थपूर्ण रुपमा समेत लिइएको छ ।
FACEBOOK COMMENTS