काठमाडौं – सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि सरकारको कदम प्रति स्वागत भन्दा विरोध धेरै भएको छ ।
स्वेदशी उद्योगको संरक्षण गरे जस्तो देखाउने गरी गरिएको नियतमाथी प्रष्टरुपमा खोट देखीएको छ । सरकारले यो वर्ष विदेशबाट एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न दिने निर्णय गरेको थियो । यो वर्ष एक लाख मेट्रिक टनको कोटा पूरा भइसकेकाले अब आयात गर्न नसकिने अर्थमन्त्री युवराज खतिवडाको भनाइ छ ।
सरकारले निर्णय गरेको दुई दिनमै अर्थमन्त्रीले दुईवर्षको कोटा पुरा भएको बताएका छन् । दुई दिनमै एकलाख मेट्रिक टन चिनी कसरी आयत भयो गम्भिर प्रश्न उब्जिएको छ ।
सरकारले निर्धारण गरेको कोटा नाम मात्रको भएको देखीएको छ ।
तर सरकारले भने आगामी वर्षसम्म नेपाल चिनीमा आन्तनिर्भर बन्ने दावी गरेको ।
अर्थमन्त्री खतिवडाले ‘विश्वबजारमा चिनीको मूल्य घटे पनि स्वदेशी उत्पादनलाई संरक्षण दिने गरी परिमाणात्मक बन्देज लगाउनु परेको’ बताए ।
नेपालमा वाषिर्क २ लाख ८० हजार मेट्रिक टन चिनीको माग हुन्छ । नेपाली चिनी उद्योगले १ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन गर्छन् । यस हिसाबले एक लाख ६० हजार मेट्रिक टन अपुग देखिन्छ ।
उपभोक्ताकर्मी भने सरकारले आयात संकुचित बनाउँदा चिनीको मूल्य आकाशिने चिन्तामा छन् । आयातमा प्रतिवन्ध लगाएर खुला बजारको नीतिलाई पनि कुल्चिएको उनीहरुको दावी छ ।
उपभोक्ता महासंघका अध्यक्ष प्रेमलाल महर्जनले सरकार कालाबजारीयाको कुरा सुन्दा चाडपर्वमा चिनी अभाव हुने ठोकुवा गरेका छन् । उनले ‘भएको चिनी लुकाएर थप कालोबजारी हुन्छ । यसले गर्दा चिनीको मूल्य बढ्छ ।’ भने
सरकारले भने बजारमा अभाव सिर्जना भए आवश्यकताका आधारमा आयात खुला गर्न सकिने बताएको छ ।
FACEBOOK COMMENTS