काठमाण्डौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिया मजदुरका समस्या समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ।
चिया मजदुरले न्यूनतम पारिश्रमिकसमेत नपाएपछि चिया मजदुर र उद्योगीको विवाद समाधान गर्न सरकारले कार्यदल गठन गरेको हो।
चिया उद्योगी र मजदुरको विवाद समाधान गर्ने गरी मन्त्रालयले सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो।
चिया क्षेत्रको समग्र विकास, समष्टिगत समस्या र चुनौती सम्बोधन गर्न चिया उद्योगी र चियामा कार्यरत श्रमिकको ट्रेड युनियनको चासो र सरोकारलाई मध्यनगर गरी कार्यदल गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको सचिवालयले जनाएको छ।
कार्यदलले दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन मन्त्री बिष्टलाई बुझाउनेछ।
कार्यदलले चिया क्षेत्रको दिगो विकास गरी यसलाई आर्थिक समृद्धिको आधार स्थापित गर्न विद्यमान कानुन, संस्थागत तथा व्यावहारिक समस्या तथा चिया व्यवसायी र श्रमिकका समस्या समाधान गर्न अबलम्बन गर्नुपर्ने नीतिगत सुधारका बारेमा अध्ययन गरी प्रदिवेदन पेश गर्ने छ।
पछिल्लो समयमा चिया उद्योगी र चियामा कार्यरत श्रमिकबीच विवाद चुलिँदै गएको छ।
FACEBOOK COMMENTS