काठमाडौं– गल्छीदेखि रसुवागढीसम्म पुग्ने सडक दुर्इ लेनको बन्ने भएको छ।
चीनको केरुङ नाका जोड्न सडक विभागले आगामी दुर्इ बर्षमा पक्की सडक बनाउने योजना बनाएर काम अघि बढाएको छ।
अहिले गल्छीसम्म मात्र दुई लेनको सडक छ। गल्छीदेखि त्रिशुली–मैलुङ–स्याफ्रुवेशी हुँदै रसुवागढी जोड्ने सडक पनि दुई लेनको बनाउन लागिएको हो।
गल्छीदेखि रसुवागढीसम्मको सडक दूरी ८२ किलोमिटर छ।
रसुवागढी नाकालार्इ चिनियाँ पक्षले पछिल्लो समय प्राथमिकतामा राखेको छ।
