काठमाडौं, जेठ २ । चीन सरकारले सहयोगस्वरुप दिएको अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री आज काठमाडौं आइपुग्ने भएको छ । नेपाल एयरलाइन्सको वाइडबडी विमान स्वास्थ्य सामाग्री लिन जिहो राती ११ बजे चीन गइसकेको छ ।
बेइजिङ एयरपोर्टबाट विमानले ४०० थान सिलिन्डर, ४०० थान कन्सन्ट्रेटर र अन्य सामाग्री ल्याउने छ । बेइजिङ क्यापिटल एयरपोर्टबाट उक्त स्वास्थ्य सामाग्री लिएर आज दिउँसो साढे २ बजे विमान काठमाडौंं आइपुग्ने छ ।
यसअघि, वैशाख २८ गते विमानले ४०० थान सिलिन्डर, १७० थान कन्सन्ट्रेटर र १० थान भेन्टिलेटर लिएर आएको थियो । यसैगरी, हिजो ओमानको मस्कटबाट ५६० थान सिलिन्डर लिएर आइसकेको छ ।
उक्त सिलिन्डर आज सरकारलाई हस्तान्तण गर्ने कार्यक्रम छ ।
FACEBOOK COMMENTS