काठमाडौं, चैत २३ – चीनमा आइतबार सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित फेला परेका छन् । दक्षिणपश्चिमी प्रान्त युनानको रूइली सहरमामात्रै आइतबार १५ जनामा संक्रमण देखिएको छ । म्यानमारसँग सीमा जोडिएको यो सहरमा भेटिएका सबै संक्रमित स्थानीय रूपमा संक्रमित भएका हुन् ।
विदेशबाट आएका संक्रमितहरू समेत जोड्दा आइतबार संक्रमितको संख्या ३२ पुगेको छ । चीनले लक्षणविहीन संक्रमितलाई संक्रमितको सूचीमा नराखे पनि आइतबार लक्षणविहीन संक्रमितको संख्या १८ जना थियो । रूइली सहरमा भेटिएका संक्रमितको जेनेटिक एनालाइसिस गर्दा नयाँ संक्रमण म्यानमारबाट आएको देखिएको छ । आइतबार थपिएकामध्ये ११ जना संक्रमित म्यानमारी नागरिक भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS