काठमाडौं, भदौ २१ – चीनले बनाएको कोरोना खोपको अन्तिम चरणको परीक्षण (क्लिनिकल ट्रायल) मा थप चार देश सहभागी हुने भएका छन्।
खोप विकास गर्ने चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोब्याक बायोटेक लिमिटेडले शनिबार खोप परीक्षण गराउन थप चार सहमत भएका हुन्। चीनले आफ्नो खोप विश्वव्यापी बनाउने प्रयास गरिरहेको छ।
सर्बिया र पाकिस्तानले खोप परीक्षणका लागि सहमति जनाइसकेको र अन्य दुई देशले पनि यसका लागि थप विवरण माग गरेको ती कम्पनीले जनाएका छन्।
चीनमा अहिले कोरोना संक्रमण निकै घटेको छ। यसकारण उसले खोपको परीक्षण अरू देशमा गराइरहेको छ।
सीएनबीजीले तयार पारेको खोपको तेस्रो चरणको परीक्षणमा १० देशका झन्डै ५० हजार मानिस सहभागी हुने सम्भावना छ।
संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा पहिलेदेखि नै यो परीक्षण सुरु भइसकेको छ।
FACEBOOK COMMENTS