काठमाडौँ — चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ।
सम्भाव्यवता अध्ययनको ड्राफ्ट रिर्पोट चैत ३ गते पेस भएको भए पनि लागत स्टिमेट र टावरको एंगल डिजाइनको काम बाँकी रहेको छ।
यी दुई काम सकिएपछि फाइनल रिर्पोट आउने रातमाटे (गल्छी)–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ।
यही चैत १२ गतेभित्र सम्भाव्यवता अध्ययनको काम सक्नुपर्ने भए पनि केही दिन बढी लाग्ने भएको हो।
फिल्डको काम सकिएको र कार्यालयमा बसेर गर्नुपर्ने काम बाँकी रहेको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए।
आयोजना निकुञ्ज क्षेत्रबाटै लैजाने निश्चित भएको छ।
— नागरीक
FACEBOOK COMMENTS